शनिबार, फागुन ३०, २०८२

दक्षिण कोरियाले भन्यो– किम जिउँदै र ठिक छन्

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यका बारेमा विभिन्न अड्कलबाजी भइरहेका बेला दक्षिण कोरियाले उन जिउँदै र ठिक रहेको बताएको छ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यका बारेमा विभिन्न अड्कलबाजी भइरहेका बेला दक्षिण कोरियाले उन जिउँदै र ठिक रहेको बताएको छ।

National life

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका विदेश मामिला सल्लाहकार मुन चुङले सीएनएनसँग भनेका छन्, ‘किम जिउँदै छन् र ठिक छन्। उनी अप्रिल १३ देखि ओनसान क्षेत्रमा बसिरहेका छन्। कुनै पनि शंकास्पद मुभमेन्ट देखिएको छैन।’

अप्रिल १५ मा किम उनका हजुरबा किम इल सुङको जन्मदिनमा नदेखिएपछि उनको स्वास्थ्यलाई लिएर प्रश्न उठिरहेको छ। उत्तर कोरियाका सबैभन्दा ठूला नेता मानिन्छन् सुङ। गत शनिबार उत्तर कोरियाली सेनाको स्थापना दिवसमा पनि उनी सहभागी नभएको समाचार सार्वजनिक भएको छ।

गत साता एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले किमको सर्जरी गरिएको र उनको स्वास्थ्य स्थिति नाजुक रहेको बताएको थियो। अत्यधिक धुम्रपान, मोटोपना र अधिक कामका कारण किमलाई मुटुको समस्या भएको बताइएको थियो।

दक्षिण कोरियाको राजधानीबाट सञ्चालिच डेली एनकेको एक रिपोर्टमा किम प्योङयाङको उत्तरी क्षेत्रको रिसोर्ट काउन्टी अफ ह्याङसनमा उपचाररत रहेको बताएको थियो। अप्रिल १२ मा किमको मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको अवस्था बिग्रेको अपुष्ट समाचार डेली एनएकेले प्रकाशित गरेको थियो।

Laxmi sunrise bank
kumari

यसैबीच, किमले प्रयोग गर्ने रेलको स्याटेलाइट तस्बिर सार्वजनिक भएको छ। उत्तर कोरियाको पूर्वी किनारमा अप्रिल २१ देखि रेल पार्किङ गरेर राखिएको सीएनएनले उल्लेख गरेको छ।

उत्तर कोरियाले आफ्ना नेतृत्वको बारेमा एकदमै कम मात्रामा सूचना सार्वजनिक गर्ने गरेको छ। उत्तर कोरियामाथि जासुसी गर्ने दक्षिण कोरियाली खुफिया एजेन्सीले समेत मिश्रित प्रकारको सूचना प्राप्त गर्ने गरेको छ।

प्रकाशित: Apr 27, 2020| 07:30 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।