बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्वास्थ्य सामग्री खरिद अनियमितता बारे लेखा समितिले छानविन थाल्यो

स्वास्थ्य सामग्री खरिद अनियमितता बारे लेखा समितिले छानविन थाल्यो

विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानविन थालेको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानविन थालेको छ।

स्वास्थ्य सेवा विभागले बिना प्रतिस्पर्धा कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग सम्झौता गरेको थियो।

लेखा समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काट्दै खरिद सम्झौता र रद्ध गर्दाको प्रक्रिया तथा आवश्यक कागजात सात दिनभित्र सचिवालयमा उपलब्ध गराइदिन निर्देशन दिएको छ।

‘बिना प्रतिस्पर्धा सामग्री खरिद सम्झौता गरिएको र पछि रद्धसमेत गरिएको भन्ने सुन्नमा आएकाले यसबारे छानविन गर्न आवश्यक देखिएको छ’ सचिव रोजनाथ पाण्डेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

स्वास्थ्य सेवा विभागमार्फत ओम्नीसँग विना प्रतिस्पर्धा सामाग्री खरिद गर्न लागिएको भन्दै चौतर्फी आलोचना भएको थियो। आलोचनापछि मन्त्रालयले खरिद प्रक्रिया रद्ध गरेको थियो।

प्रकाशित: Apr 26, 2020| 16:20 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्