शनिबार, फागुन ३०, २०८२

कोरोनाविरुद्धको लडाइँ जनताको नेतृत्वमा : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरसविरुद्धको लडाइँमा भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन्।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरसविरुद्धको लडाइँमा भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन्।

National life

लडाइँमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताएका हुन्।

आमनागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहले चक्काको काम गरिरहेको उनको भनाइ छ।

प्रधानमन्त्री मोदीले भने, “हरेक नागरिक यस लडाइँमा कोरोना भाइरसविरुद्धको लडाकु भएका छन्।”

रेडियो कार्यक्रम “मन की बात” मा बोल्दै मोदीले विशाल भारतमा यस्तो लडाइँ धेरै कठिन भएको पनि बताए।

Laxmi sunrise bank
kumari

कोरोना भाइरससँगै आफूहरु गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नुपर्नेमा उनले जोड दिए।

“कोरोना भाइरसविरुद्धको जनताको लडाइँ सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पुर्याउनेछौं,” प्रधानमन्त्री मोदीले भने।

प्रकाशित: Apr 26, 2020| 14:17 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।