शनिबार, फागुन ३०, २०८२

पेरुमा कोरोना संक्रमणबाट १७ प्रहरीको मृत्यु

पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

लिमा-  पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको छ।

National life

अधिकारीहरूले यस हप्ताको सुरुमा नै कोभिड–१९ बाट कम्तीमा एक हजार ३०० जना प्रहरी संक्रमित भएको स्वीकारेका थिए ।

देशमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै गृहमन्त्रीले राजीनामा दिएपछि नयाँ नियुक्त गृहमन्त्री ग्यास्टोन रोड्रिगेजले देशभर १७ जना प्रहरीको मृत्यु भएको र त्यसमध्ये ११ जना राजधानी लिमाका रहेको जानकारी दिए।

पेरुको सरकारी समाचार समिति एन्डिनाले लकडाउनको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रण गर्नेक्रममा ठूलो संख्यामा प्रहरी कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ। पेरूमा गत मार्च १७ देखि लकडाउन गरिएको छ।

गृहमन्त्री रोड्रिगेजले पेरूको प्रहरीका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर बराबरको मास्क र ग्लोबसमेतका सुरक्षा सामग्री खरिद गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।

Laxmi sunrise bank
kumari

उनले प्रहरी बलको करिब दुई लाख २० हजार परीक्षणको नतिजा आउन बाँकी रहेको बताए। उनले भने, “संकटमा खटिने प्रहरीको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो। प्रहरी बल राम्रोसँग सुसज्जित हुनैपर्छ।”

जोन्स हप्किन्स युनिभर्सिटीले गरेको गणनाअनुसार पेरूमा २५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित रहेका र ७०० जनाको मृत्यु भइसकेको छ। -एएफपी

प्रकाशित: Apr 26, 2020| 13:40 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।