बुधबार, चैत ११, २०८२

त्रिविले जारी गर्‍याे अनलाइन कक्षा निर्देशिका (निर्देशिकासहित)

लकडाउनका कारण अध्ययन अध्यापन कार्य अवरद्ध भएपछि त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- लकडाउनका कारण अध्ययन अध्यापन कार्य अवरद्ध भएपछि त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको छ।

National life

निर्देशिका जारीसँगै कक्षा कसरी सञ्चालन गर्ने भन्ने अन्योलमा रहेका शिक्षक विद्यार्थीले केही हदसम्म राहत महसुस गरेका छन्। तर निर्देशिकामा उल्लिखित कतिपय प्रावधान त्रिविका आंगिक एवम् सम्बन्धन प्राप्त कलेजको भौतिक क्षमताभन्दा बाहिर रहेकाले कार्यान्वयन प्रभावकारी हुनेमा शंका छ।

निर्देशिकाको आचारसंहिताले त्रिविका शिक्षकहरुलाई भने केही कडाइ गरेको छ। आचारसंहिताले त्रिविका पूर्णकालीन शिक्षकलाई विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन रोक लगाएको छ। 

त्रिविका डिन कार्यालयले भने अनलाइनबाट कक्षा सञ्चालन गर्न यसअघि नै सूचना जारी गरिसकेका छन्। तर शिक्षक विद्यार्थी प्रविधिमैत्री भए पनि स्राेतसाधनकाे अभाव र सहज पहुँच नभएका कारण कतिपय क्याम्पसहरू अनलाइन कक्षा कसरी सञ्चालन गर्न भनेर अन्याेलमा छन्।

यस्ताे छ निर्देिशका

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 26, 2020| 10:54 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्