काठमाडौं– पपुवा न्युगिनीविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.३ ओभर खेल्दै ७ विकेटको क्षतिमा २३३ रन बनाएको हो।
नेपालका लागि ब्याट्स्मेन रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। चौथो नम्बरमा मैदानमा प्रवेश गरेका उनले १२३ बलमा ८६ रन बनाएका हुन्।
त्यसअघि कप्तान ज्ञानेन्द्र मल्ल ७० बलमा ४५ रन बनाएर आउट भएका थिए। ओपनर कुशल भुर्तेल र आसिफ शेखले समान ३–३ रन मात्र बनाउन सके।
यता विनोद भण्डारी १७ रनमा रनआउट भए। उनले दूई चौकका मद्दतमा १७ रन बनाए। त्यसपछि मैदान छिरेका कुशल मल्ल एक रनमै आउट भए।
नेपालका लागि करण केसीले ४२ र सोमपाल कामीले ११ रन बनाए।
बलिङतर्फ पपुवा न्युगिनीका काबुवा मोरिय, नोर्मन वाउना र चाड सुपरले समान १–१ विकेट लिए।
यस्तै नोरमन भानुआ र कबुआ मोरेले दुई(दुई विकेट लिएका थिए। यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो।