कार्यालय सञ्चालनलगायतका विभिन्न कामका लागि फिफाले आफ्ना सदस्य राष्ट्रलाई सहयोग प्रदान गर्ने भएको छ। उसले आफ्नो सञ्चालन कोषको रकम कोरोना संकटका कारण समस्यामा परेका सदस्य राष्ट्रलाई प्रदान गर्ने बताएको हो।
फिफाले कोषको एक सय ५० मिलियन अमेरिकी डलर दुई सय ११ राष्ट्रका फुटबल संघलाई वितरण गर्न लागेको हो। यो कार्यक्रम अन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाँच लाख डलर पाउने भाएको छ।
‘महामारीले विश्व फुटबलमा चुनौती थपेको छ। विश्व फुटबलको सर्वोच्च निकायका हिसाबले अत्यावश्यक समयमा संघलाई सहयोग र सेवा गर्नु फिफाको दायित्व हो’, फिफाका अध्यक्ष जियनी एन्फन्टिनोेले भने, ‘आपतकालिन समयको सुरुमा आर्थिक सहयोग प्रदान गर्ने निर्र्णय गरेका छौं। अहिले धेरैले आर्थिक समस्या भोगिरहेका छन्।’