मंगलबार, साउन १२, २०८३

‘काेभिड १९’ को खोप सबैका लागि उपलब्ध हुनुपर्छ : गुटर्रेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन्।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन्।

उहाँले ट्विट गर्दै भनेका छन्, 'यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ।' 

यो खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउने सार्वजनिक वस्तुजस्तै हुनुपर्ने उनको जोड छ। विश्वका केही देशले पछिल्ला केही दिनयता यो खोप मानिसमा परीक्षण गरेको भन्ने समाचार आएपछि महासचिव एन्टोनियो गुटर्रेसको यो भनाइ आएको हो।

दुई दिनअघि बेलायत र संयुक्त राज्य अमेरिकाले यो खोपको परीक्षण मानिसमा सुरु भएको बताएका थिए।
बेलायतले अक्सफोर्डमा मानिसमा कोरोना भाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको समाचार आएको थियो।

गुटर्रेसले भनेका छन्, 'अहिलेको सम्पूर्ण विश्वले नै यो कोभिड १९ को महामारीबाट मुक्ति चाहन्छ। मलाई लाग्छ यो नै संसारको जनस्वास्थ्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ।' 

महासचिव गुटर्रेसले विश्वव्यापी चासोको विषय भएकोले यससम्बन्धी तथ्यहरु सार्वजनिक गर्नुपर्ने र संसारका मानिसले पनि यसलाई औषधीका रुपमा प्रयोग गर्ने अधिकार राख्ने पनि बताएका छन्।

उनले यस्तो विश्वव्यापी जनचासोको तथा नागरिकको जीवनसँग जोडिएको स्वास्थ्यको विषय भएकाले विश्वका सबै नागरिकलाई पनि ठूलो उपलब्धिको विषय हो भनेका छन्।

उनले यो नयाँ प्रयासले विश्वका नेताहरु, निजी क्षेत्र तथा सरकारी निकाय तथा क्षेत्रहरु, वैज्ञानिक तथा मानवीय सहायतामा कामगर्ने विश्वका अधिकारकर्मी तथा नागरिक एवं विश्वमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने सबैलाई एकै ठाउँमा ल्याएको पनि बताएका छन्।

प्रकाशित: Apr 25, 2020| 12:47 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।