बिहीबार, भदौ ४, २०८३

सुनसान सौराहा, व्यवसायी चिन्तित

 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

चितवन- पर्यटक बस थन्किएर बसेका छन्। होटल सबै बन्द छन्। कर्मचारी र मजदुरलाई बिदा दिइएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटक देखिन छाडेको एक महिना बितिसकेको छ।

१२ महिनाजसो पर्यटकको चहलपहल हुने देशकै प्रमुखमध्येको एक पर्यटकीय स्थल सौराहा यतिबेला सुनसान छ।

यतिबेला सौराहामा पर्यटकको मुख्य सिजन हो। वैशाख-जेठमा दैनिक दैनिक ७ सयदेखि एक हजारसम्म पर्यटक सौराहा भित्रिने गरेको व्यवसायी बताउँछन्।

पर्यटकको चहलपहल नभएपछि करोडौं लगानी डुब्ने लागेकाे भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। 

कोरोना भाइरस संक्रमणका कारण लकडाउन घोषणा गरिएको एक महिना बितिसक्दा पनि अवस्था सामान्य नभएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा १२० वटा होटल र ५७ वटा रेस्टुरेन्ट सञ्चालनमा छन्। अहिले ती सबै बन्द छन्। उनले सौराहामा रहेका सबै पर्यटक फर्किसकेकाे जानकारी दिए। 

लकडाउन खुलेपछि कम्तीमा २ वर्षसम्म पर्यटन व्यवसायमा धक्का लाग्ने अनुमान अध्यक्ष भट्टराईको छ।

प्रकाशित: Apr 25, 2020| 10:59 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्