काठमाडौं- सरकारले बैठक भत्ता, तालिम र इन्धनमा हुने खर्च १० प्रतिशतले कटौती गरेको छ।
शुक्रबार बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैठक भत्ता, तालिम खर्च, इन्धन खर्च, मर्मत खर्च, जनचेतना खर्च र गोष्ठीमा हुने खर्चमा कम्तीमा १० प्रतिशतले कटौती गर्ने घोषणा गरेका हुन्।
यस्तै अनुगमन भत्ता खर्च, भ्रमण खर्च, विविध शिर्षकका खर्च कटौती गरी ५ अर्ब रुपैयाँ बचत हुने बजेट प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ।
यसरी बचत भएको ५ अर्ब रुपैयाँ कोभिड-१९ खोप खरिदका लागि उपयोग गरिने विधेयकमा व्यवस्था छ।