बुधबार, चैत ११, २०८२

नियमित खोप आइतबारदेखि

लकडाउनका करण एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं- लकडाउनका करण एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।

National life

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण देशभरिका बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुन सकेको थिएन।

नियमित रूपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविष्यमा यसले ठूलो स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने भन्दै दुई हप्ताअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत रूपमा लागाइने खोपहरु सामाजिक दूरी कायम गर्दै निरन्तरता दिन आग्रह गरेको छ।

कुनै पनि बहानामा खोप कार्यक्रम नरोक्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ। मन्त्रालयका बाल स्वास्थ्य तथा खोप सेवा विभाग प्रमुख डा. झलक गौतमले बालबालिका जन्मेदेखि १५ महिना पुग्दासम्म लगाउनुपर्ने सबै खोप अनिवार्य लगाउनुपर्ने भन्दै उक्त खोप सेवाबाट बञ्चित भए बालबालिकाको मृत्युसम्म हुनसक्ने बताए।

मन्त्रालयले कम्तीमा तीनदेखि छ फिटसम्म सामाजिक दूरी कामय गरी खोप सेवा सञ्चालन गर्ने, स्वयंसेवकमार्फत टोलवासीलाई खोप लगाउन समय जानकारी गराउने, भीड नियन्त्रण गर्नेजस्ता मापदण्ड पूरा गरी काम गर्न आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

खोप लगाउन खटिएका कर्मचारी पहिलो चरणमा बालबालिकालाई खोप दिन हुने÷नहुनेबारे पहिचान गर्नुपर्छ। यसरी खोपमा खटिने स्वास्थ्य कर्मचारीले अनिवार्य रूपमा कम्तीमा सर्जिकल मास्क, डिस्पोजेवल ग्लोब्सको प्रयोग र सुरुमा तथा अत्यावश्यकतानुसार नियमित साबुनपानीले हात धुने व्यवस्था हुनुपर्ने मन्त्रालयले जनाएको छ। यसरी स्वास्थ्यकर्मीका लागि सबै सामग्रीको व्यवस्था सम्बन्धित स्थानीय तहले तयार गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार हरेक वर्ष ६ लाख २० हजार बालबालिकाले जन्मदेखि १५ महिनासम्म लगाउनुपर्ने अनिवार्य र निःशुल्क खोप सेवा लिने गरेका छन्। यो अवधिमा उनीहरुलाई १२ वटा खोप लगाउनुपर्छ। ती सबै अनिवार्य खोप हुन्। -रासस

प्रकाशित: Apr 24, 2020| 16:23 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्