मंगलबार, जेठ ५, २०८३

त्रिविका क्याम्पसमा अनलाइनबाट पढाउन परिपत्र

त्रिभुवन विश्वविद्यालयले लकडाउनका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकाले अनलाइनबाट पठनपाठन गर्न सबै आंगिक क्याम्पस र विभागहरुलाई परिपत्र गरेको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले लकडाउनका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकाले अनलाइनबाट पठनपाठन गर्न सबै आंगिक क्याम्पस र विभागहरुलाई परिपत्र गरेको छ।

National life

विश्वविद्यालयका स्वीकृत सबै कार्यक्रम र विषयहरु (प्रयोगात्मक कक्षाबाहेक) लाई विद्युतीय माध्यमबाट अध्ययन अध्यापन गर्न सकिने व्यवस्था प्राज्ञिक परिषद्ले गरेको हो।

राजिस्ट्रार डा. पेसल दाहालले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, 'आआफ्ना डिन कार्यालयसँग समन्वय गरी विद्युतीय माध्यम (अनलाइन) बाट कक्षा सञ्चालन गर्नु गराउनु हुन सबै आंगिक क्याम्पस, स्कुल, विभाग तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक कर्मचारी र विद्यार्थीलाई सूचित गरिन्छ।'

विश्वविद्यालयले अनलाइनबाट अध्ययन अध्यापनका लागि विद्युतीय माध्यमबाट कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ कार्यान्वयनमा ल्याएइएको जनाएको छ।

 

प्रकाशित: Apr 24, 2020| 15:47 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्