मंगलबार, असार ३०, २०८३

सरकारले स्वीकृति दिए बुन्डेसलिगा मैदान फर्किने

जर्मनीको शीर्ष लिग बुन्डेसलिगा आउँदो मे ९ तारिखबाट मैदानमा फर्कनको लागि तयारीमा जुटेको छ। योजना अनुरुप सबै काम भएमा कोरोनापछि मैदानमा फर्कने यो नै पहिलो लिग फुटबल हुने छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

जर्मनीको शीर्ष लिग बुन्डेसलिगा आउँदो मे ९ तारिखबाट मैदानमा फर्कनको लागि तयारीमा जुटेको छ। योजना अनुरुप सबै काम भएमा कोरोनापछि मैदानमा फर्कने यो नै पहिलो लिग फुटबल हुने छ।

जर्मनी फुटबल लिग (डीएफएल)का सीईओ क्रिश्चियन सेफर्टको अध्यक्षतामा विहीबार सम्पन्न दुवै डिभिजन (शीर्ष र दोस्रो)को ३६ क्लबको बैठकमा सर्वसम्मतीले यो निर्णय भएको थियो। तर सबै खेल बन्द रंगशालामा हुने बताइएको छ। यसबारे फुटबल संस्थाले निर्णय गरे तापनि अन्तिम नर्णिय भने सरकारले गर्ने बताइएको छ।

सेफर्टले भने, ‘बुन्डेसलिगा फर्कनको लागि तयारी अवस्थामा छ। यो मे महिनको ९ तारिख हुन्छ वा त्यसपछि, यस कुराले महत्व राख्दैन। अन्तिम मिति तय गर्ने हाम्रो हातमा पनि छैन । अन्तिम फैसला सरकारले गर्ने छ। अहिले धेरै क्लबहरु सामाजिक दुरी बनाएर खेलको अभ्यासमा आएका छन्।’

त्यसका साथै खेल हुँदा धेरैमा ३२२ जना मात्र रंगशालामा उपस्थित हुनलाई डीएफएलले अनुमति दिएको छ। र, खेलमा जोडिने करिब ११ सय सबै खेलाडीको कोरोना टेस्ट गरिने छ।

बुन्डेसलिगाका सबै खेल १३ मार्चबाट स्थगित भएका छन्। पहिले सबै शिल ठाउँ लकडायन गरिए पनि अहिले भने जर्मनी चान्सलर एन्जेला मार्केलले विस्तारै विस्तारै लकडाउन हटाइरहेकी छिन्।

प्रकाशित: Apr 24, 2020| 12:13 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।