शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नेपाल आउँदै गर्दा सीमा नजिकैको गाउँमा अड्किएको फ्रान्सेली परिवार लकडाउनको मजा लिँदै

नेपाल आउँदै गर्दा सीमा नजिकैको गाउँमा अड्किएको फ्रान्सेली परिवार लकडाउनको मजा लिँदै

भारत हुँदै नेपाल आउन लागेको एक फ्रान्सेली परिवार भारत, उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित कोल्हुवा गाउँमा लकडाउनको मजा लिइरहेको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- भारत हुँदै नेपाल आउन लागेको एक फ्रान्सेली परिवार भारत, उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित कोल्हुवा गाउँमा लकडाउनको मजा लिइरहेको छ।

National life

नेपाल आउँदै गर्दा लकडाउनका कारण कोल्हुवामा रोकिएको यो फ्रान्सेली परिवारले सुविधाजनक होटेलमा बस्न स्थानीय प्रशासनले गरेको प्रस्तावलाई अस्वीकार गरी स्थानीय हनुमान मन्दिर परिसरमै बसिरहेको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार फ्रान्सको टालोस सहरका पलारेस प्याट्रिस श्रीमती भर्जिनी, दुई छोरी र एक छोराका साथ गत फेब्रुअरी महिनामै भारत आइपुगेका थिए। २१ मार्चमा नेपाल आइपुग्ने कार्यक्रम अनुसार सीमा नजिकैको जिल्ला आइपुगेपछि भारतमा 'जनता कर्फ्यू' लाग्यो। त्यसको अर्को दिन यूपीका १८ जिल्लामा लकडाउन भयो र भोलिपल्ट सम्पूर्ण भारतमा लकडाउन सुरु भयो। सबै अन्तर्राष्ट्रिय सीमा बन्द भएपछि अहिले उनीहरु कोल्हुवा गाउँमै समय विताइरहेका छन्।

नौतनवाका उप जिलाअधिकारी जसवीर सिंहका अनुसार प्रशासनका तर्फबाट उनीहरुलाई खानपिनको सामान उपलब्ध गराइएको छ र उनीहरुको स्वास्थ्य जाँच पनि भएको छ। उनीहरु सबै स्वस्थ्य छन्।

हिन्दुस्तान टाइम्सका अनुसार उनीहरुलाई स्थानीय प्रशासनद्वारा सुविधाजनक ठाउँमा बस्न गरिएको आग्रह अस्विकार गरेर, जंगल नजिकै बनेको मन्दिरमा बसिरहेका छन्।

Laxmi sunrise bank
kumari

यो फ्रान्सेली परिवार पछिल्ला केही महिनादेखि आफ्नै ट्रली सहितको विशेष गाडीमा विभिन्न देशको भ्रमणमा छ। प्याट्रिसका अनुसार एक मार्चमा उनीहरु पाकिस्तान हुँदै भारत आइपुगेका हुन्।

उनीहरुको नेपालपछि म्यानमार, इन्डोनेसिया र मलेसिया हुँदै फ्रान्स फर्किने कार्यक्रम थियो।

नेपालतर्फ सीमा खुल्ने पर्खाई

उनीहरु बसेको जंगल छेउको गाउँबाट नेपाली सीमा ३० किलोमिटर मात्रै उत्तरमा पर्छ। अहिले उनीहरु गाउँ नजिकैको हनुमान मन्दिर परिसरमा बसिरहेका छन् । उनीहरुसँग अस्थाई बसोबासका सबै सामाग्री छन्।

गाउँलेसँग हेलमेल बढाएका उनीहरुले केही हिन्दी शब्द समेत सिकिसकेका छन्।

गाउँका मुखिया जोगेन्द्र सहानीका अनुसार मन्दिरका पुजारीले उनीहरुलाई सहयोग गरिरहेका छन्। महाराजगञ्ज जिल्ला प्रशासनले पनि फलफूल, अनाज सहित दैनिक आवश्यक अन्य सामाग्री पनि उपलब्ध गराएको छ। उनीहरुले लकडाउनको आनन्द उठाइरहेका छन्।

उनीहरु विहान सवेरै उठ्छन् र वरपर घुम्छन्। धेरैजसो गाउँलेले नै उनीहरुलाई विहानको चिया र खाजा खुवाउँछन्। गाउँलेसँग गफ गर्ने, मोबाइलमा बजेका हिन्दी गीतमा नाच्न सिक्ने गरेर फ्रान्सेली परिवारका केटाकेटीले रमाइलो गरिरहेका छन्।

जिल्लामा कोरोना भाइरस संक्रमण फैलन थालेको भए पनि यो गाउँ अहिलेसम्म सुरक्षित नै छ।

भर्जिनीका अनुसार उनीहरु पछिल्लो १० महिनादेखि विभिन्न देशको यात्रामा थिए। यात्रा गर्ने र मानिसहरुसँग भेट्न मनपराउने उनीहरु अब नेपालको सीमा खुल्ने पर्खाइमा छन्। भर्जिनीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘यहाँ गर्मी छ तर, रुखको छहारी मुनी बस्दा शितल छ। पुजारीले हाम्रा लागि खाना बनाउँछन्। गाउँलेले दूध, फल र तरकारी दिइरहेका छन्।’ हामी पुजारीसँग मिलेर हनुमानजीसँग प्रार्थना गर्छौ– विश्वबाट कोरोना चाँडै उन्मुलन होस्।

प्याट्रिक पेशाले मोटर मेकानिक हुन र उनले आफ्नो कारमै बसोबासको पूरा व्यवस्था मिलाएका छन्। उनकी श्रीमती भर्जिनी स्वास्थ्य विभागकी कर्मचारी हुन्।

गाउँलेका अनुसार फ्रान्सेली परिवारले मन्दिरमा पुजा गर्छ र पुजारीसँगै साँझको भजन किर्तनमा पनि सहभागी हुन्छ। र, परिवारका केटाकेटीलाई यो खुब मन परिरहेको छ।

पुलिस उपाधिक्षक अशोक मिश्र यो फ्रान्सेली परिवारले गाउँमै बस्न रुचाएकाले उनीहरुलाई अर्को ठाउँमा जान दबाब नदिइएको बताउँछन्।
गाउँलेलाई पनि उनीहरुबाट कुनै समस्या छैन। प्रहरी नियमित सम्पर्कमा रहेको र उनीहरुलाई सम्पर्कका लागि आवश्यक फोन नम्बरहरु समेत दिइएको मिश्र बताउँछन्।

प्रशासनले उनीहरुको अवस्थाबारेको सूचना दिल्लीस्थित फ्रान्सेली दूतावासलाई पनि दिइसकेको छ।

लकडाउनका कारण परम्परागत भारतीय गाउँमा बस्नु यो परिवारको वाध्यता भए पनि उनीहरुले यसलाई रमाइलो अनुभव लिने अवसर बनाएका छन्। उनीहरुमा लकडाउन कहिले खुल्ला भन्ने हतारो पनि देखिंदैन ।

प्रकाशित: Apr 23, 2020| 15:35 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।