सोमबार, वैशाख २८, २०८३

भारतमा २१ हजार ८ सय संक्रमित, ६८१ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १४८६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

नयाँदिल्ली- भारतमा पछिल्लो २४ घण्टामा १४८६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। यसका साथै भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २१ हजार ७ सय ९७ पुगेको छ।

National life

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ४९ जनाको निधन भएको छ। भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ६ सय ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय गुजरात राज्यमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा हुन थालेको छ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो।

अहिलेसम्म गुजरातमा २४ सय जना संक्रमित छन्। गुजरात कोरोना भाइरसबाट प्रभावित भारतको दोस्रो राज्य बनेको छ। पाँच दिनअघिसम्म गुजरात छैटौं नम्बरमा थियो।

भारतमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित राज्य भने अहिलेसम्म महाराष्ट्र नै छ, जहाँ ५६५२ जना संक्रमित छन्।
भारतमा कोरोना भाइरस संक्रमण ४३० जिल्लामा फैलिएको छ।

यसमा ४५ प्रतिशतभन्दा बढी संक्रमित दिल्ली, मुम्बई जनस्ता ठूला सहरमा संक्रमित छन्। मुम्बईमा ३ हजार र दिल्लीमा दुई हजार संक्रमित देखिएको अधिकारीहरुले बताएका छन्।

 

प्रकाशित: Apr 23, 2020| 12:40 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।