बिहीबार, भदौ ४, २०८३

जनता समाजवादी पार्टी दर्ता गर्न नेताहरू आयोगमा

राजपा र समाजवादी पार्टी मिलेर बुधबार राति गठन भएको जनता समाजवादी पार्टी दर्ताका लागि नेताहरू निर्वाचन आयोगमा पुगेका छन्।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- राजपा र समाजवादी पार्टी मिलेर बुधबार राति गठन भएको जनता समाजवादी पार्टी दर्ताका लागि नेताहरू बिहीबार निर्वाचन आयोगमा पुगेका छन्।

दुवै पार्टीका नेताहरु एकीकृत दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको नेता केशव झाले जानकारी दिए। समाजवादी पार्टी विभाजन हुन सक्ने भन्दै राजपा र समाजवादीले बुधबार राति एकताको घोषणा गरेको थियो। 

दल दर्ताका लागि आयोगमा पेस गरिएकाे निवेदनमा नेताहरू शरदसिंह भण्डारी र उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

समाजवादी पार्टीबाट अलग भएको रेणु यादव समूह पनि दल दर्ताको तयारीमा रहेको बुझिएको छ। यद्यपि उनका पक्षामा सांसद संख्या कम भएको देखिन्छ।

याे पनि पढ्नुस् :

राजपा–समाजवादीबीच एकीकरण, नयाँ दलको नाम 'जनता समाजवादी पार्टी'

एकीकरणको घोषणा हुँदै गर्दा समाजवादी पार्टीमा विभाजन

विभाजनमा हस्ताक्षर गरेका सांसद यादव एक्कासि भट्टराई निवासमा

प्रकाशित: Apr 23, 2020| 11:17 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।