बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा टिप्परले फेरि लियो ज्यान, एकै महिनामा ७ जनाको मृत्यु

काठमाडौंमा टिप्परले फेरि लियो ज्यान, एकै महिनामा ७ जनाको मृत्यु

काठमाडौंमा टिप्परको ठक्करबाट फेरि अर्का एक व्यक्तिको मृत्यु भएको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं- काठमाडौंमा टिप्परको ठक्करबाट फेरि अर्का एक व्यक्तिको मृत्यु भएको छ।

शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्करबाट स्थानीय बासिन्दा प्रविण श्रेष्ठको मृत्यु भएको हो ।
सोमबार राति ना १ क ४५६४ नम्बरको टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरी जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केहिसमय यता टिप्पर आतंक झनै बढेर गएको छ । पछिल्लो एक महिनामा मात्रै टिप्परको ठक्करबाट सात जनाको मृत्यु भएको छ । गएको माघ २२ गते राति कंलकी अण्डरपासमा टिप्परको ठक्करबाट २ जनाको मृत्यु भएको थियो ।

त्यस्तै माघ महिनामै कैलाली, कञ्चनपुर, सुर्खेत, तनहुँ र नवलपरासीमा पनि टिप्परको ठक्करबाट मोटरसाइकल चालक र पैदलयात्रुको मृत्यु भएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्दै तीव्र गतिमा टिप्पर चलाउने गरेकै कारण यसबाट सर्वसाधरणको मृत्यु हुने गरेको भन्दै चर्को विरोध हुँदै आएको छ ।

प्रकाशित: Feb 18, 2020| 07:56 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।