बिहीबार, भदौ ४, २०८३

किशोरीको सामूहिक बलात्कार

रुपन्देहीको मर्चवार क्षेत्रमा एक नबालिकाको सामूहिक बलात्कार भएको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

रुपन्देही– रुपन्देहीको मर्चवार क्षेत्रमा एक नबालिकाको सामूहिक बलात्कार भएको छ।

मर्चवरको सम्मरीमाई गाउँपालिका ३ बाबुथुमुवाका तीन युवकले सोही स्थानकी १६ वर्षीया पुष्पा चौधरीको (परिवर्तित नाम) लाई सामूहिक बलात्कार गरेको जाहेरी आएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ।

बलात्कार आरोपित सोही स्थानका २२ वर्षीय पंकज तिवारी, २३ वर्षीय वृजेश त्रिपाठी र १८ वर्षीय जयन्त कहारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

किशोरीका बुवा विरामी भएर आमाले उपचारका लागि उनलाई लिएर भारत गएकी थिइन्। त्यही मौका छोपी युवाहरुले सामुहिक बलात्कार गरेको आशंका प्रहरीले गरेको छ।

किशोरीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित: Feb 18, 2020| 10:22 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।