बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका ग्राहकलाई आमाको मुख हेर्ने दिन उपहार अनलाइन खरिद गर्दा १० प्रतिशत नगद फिर्ता

एनआईसी एशिया बैंकका ग्राहकलाई आमाको मुख हेर्ने दिन उपहार अनलाइन खरिद गर्दा १० प्रतिशत नगद फिर्ता

 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

एन आई सी एशिया बैंकका ग्राहकलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (विहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने भएको छ ।

फुडमाण्डु, ग्यापु मार्केट प्लेस तथा युजी केकमार्फत् उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको छ ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट, क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।

लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।

प्रकाशित: Apr 23, 2020| 09:53 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्