मंगलबार, असार ३०, २०८३

आई लिग रद्द, मोहन बगान बन्यो च्याम्पियन

मंगलबार बसेको अल इन्डिया फुटबल फेडेरेसन(एआईएफएफ)को बैठकले मोहन बगानलाई आई लिगको नयाँ विजेता घोषित गरेको छ। उसले २८ खेल बाँकी रहँदै सिजन रद्द गरेर शीर्ष स्थानमा रहेको मोहन बगानलाई विजेता बनाएको हो।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

मंगलबार बसेको अल इन्डिया फुटबल फेडेरेसन(एआईएफएफ)को बैठकले मोहन बगानलाई आई लिगको नयाँ विजेता घोषित गरेको छ। उसले २८ खेल बाँकी रहँदै सिजन रद्द गरेर शीर्ष स्थानमा रहेको मोहन बगानलाई विजेता बनाएको हो।

शनिबार साँझ एआईएफएफ लिग कमिटी बैठकले मोहन बगानलाई आई लिगको विजेता घोषणा गर्न प्रस्ताव गरेको थियो। कमिटी अध्यक्ष सुभ्रता दत्तको अध्यक्षतामा बसेको भिडियो कन्फरेन्स बैठकमा शीर्ष स्थानमा रहेको मोहन बगानलाई सिजन २०१९-२० को लिग विजेता घोषणा गर्न प्रस्ताव गरिएको थियो। एआईएफएफको सोही निर्णयअनुसार उसलाई च्याम्पियन बनाइएको हो। मोहन बगान विजेता बन्दै भारतीय एक करोड रुपैयाँ हात पारेको छ। उसले जारी लिगमा १६ खेल खेल्दै ३९ अंक बटुलेको थियो।

यस्तै बैठकले च्याम्पियनबाहेकको रकम (अन्य पुरस्कार राशी) १० क्लबलाई बराबरी बाँडने प्रस्ताव गरेको थियो। जसलाई एआईएफएफले सदर गरेको छ। त्यसैले १० क्लबले साढे १२ लाखका दरले पुरस्कार पाएका छन्। यो वर्ष आई लिगमा कुनै पनि क्लब रेलिगेशनमा पनि नजाने भएको छ।

प्रकाशित: Apr 22, 2020| 17:29 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।