बिहीबार, भदौ ४, २०८३

परियोजनाको समय र लागत थप्न निर्माण व्यवसायीको माग

निर्माण व्यवसायीहरुले संचालनमा रहेका परियोजनाको समयावधि र लागत थप्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण निर्माण काम गर्न नसकिएको भन्दै निर्माण अवधि र लागत समायोजन गर्न माग गरेको हो ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

निर्माण व्यवसायीहरुले संचालनमा रहेका परियोजनाको समयावधि र लागत थप्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण निर्माण काम गर्न नसकिएको भन्दै निर्माण अवधि र लागत समायोजन गर्न माग गरेको हो ।

महासंघले लकडाउनका कारण घर फर्किएका श्रमिक, कर्मचारी तथा प्राविधिकहरु तत्काल फर्किने सम्भावना नरहेको जनाएको छ । यसैगरी निर्माण सामग्रीको पनि अभाव हुने भएकाले तत्काल काम सुरु गर्न सकिने अवस्था नरहेको जनाएको छ ।

संचालित र सार्वजनिक खरीद नियमावलीको नवौ संशोधन भई म्याद थप भएका निर्माण कार्यहरुको कोरोनाको कारण निर्माण कार्य बन्द हुनु भन्दा अगाडि भएका सम्पूर्ण कार्यहरुको नापजाँच गरी भुक्तानी तत्कालै गरिदिन महासंघले सरकारलाई आग्रह गरेको छ ।

व्यवसायीहरुले निर्माण सामग्री ढुवानी गरी धेरै आयोजनाहरुमा पुलको लागि स्लाव ढलान गर्न फर्मा, रड र टेण्डमतार जडान गरिसकेका, नदी नियन्त्रणमा ग्याविन वाल राख्न तयार पारिएका, भवन फाउन्डेसन तयार गरी ढलानको लागि फर्मा रडका साथै सडकको पिच गर्न वेस कोर्स राखिसकेका भन्दै यस्ता निर्माण कार्यहरु वर्षा शुरु हुनु अगावै नगरेमा राज्य र व्यवसायीलाई ठूलो क्षति हुने जनाएको छ ।

काम भैरहेको आयोजनामा भएपनि तीन तहका सरकारमा समन्वय नहुँदा एक ठाउँबाट दिएको पास अर्को ठाउँमा मान्यता नदिने, सम्बन्धित कार्यालयका प्राविधिकहरु समन्वय गर्न साईट तथा कार्यालयमा नहुने जस्ता समस्या पनि देखिएको महासंघले जनाएको छ ।

महासंघले केही सार्वजनिक निकायहरुले निर्माण कार्यको निरन्तरता दिने भनी जानकारी आएकोमा अत्यावश्यक सेवा तथा राज्य र व्यवसायीको ठूलो लगानी भई क्षति हुने खालका तर स्वास्थ्य मापदण्डका पर्याप्त सावधानी अपनाई सामाजिक दुरीसहित गर्न सकिने खालका कार्य मात्र सुरक्षित रही गर्न र नेपाल सरकारद्घारा जारी गरिएको लकडाउन सम्बन्धी निर्देशनलाई पालना गरी सहयोग गरिदिन विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

 

प्रकाशित: Apr 22, 2020| 14:24 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्