आइतबार, चैत ८, २०८२

राज्यको टिममा नपर्दा रातभर रोएका थिए विराट

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नाम आज चलेका क्रिकेटर पनि आफ्नो चुनौतीका रुपमा लिन्छन्। तर एक यस्तो समय पनि थियो, जब विराटले धेरै संघर्ष गर्नुपरेको थियो। ‘अनएकेडेमी अनलाइन’ क्लासमा कोहली र उनकी पत्नी अनुश्का शर्माले आफ्नो संघर्षका बारेमा खुलेर बताएका छन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नाम आज चलेका क्रिकेटर पनि आफ्नो चुनौतीका रुपमा लिन्छन्।

National life

तर एक यस्तो समय पनि थियो, जब विराटले धेरै संघर्ष गर्नुपरेको थियो। ‘अनएकेडेमी अनलाइन’ क्लासमा कोहली र उनकी पत्नी अनुश्का शर्माले आफ्नो संघर्षका बारेमा खुलेर बताएका छन्।

खेलमा सधै आक्रामक देखिने कोहलीले एक पटक आफ्नो चयन राज्यको टिममा नभएको बताएका छन्। जसकारण उनलाई धेरै तनाव भएको र रातभरि रोएको पनि बताए।

कोहलीले आफ्नो कप्तानीमा सन् २००८ मा अन्डर–१९ विश्वकप जिताएका थिए। अहिलेसम्म उनले ८५ टेस्ट खेलमा ७२४० रन, वान डे खेलमा ११८६७ रन र ८२ टी–२० मा २७९४ रन बनाइसेका छन्।

उनले भने, ‘पहिलो पटक म स्टेट टिमको सेलेक्सन रिजेक्ट भएको थिएँ। मलाई याद छ, म त्यातिबेला रातभर रोएको थिएँ। त्यसबेला म धेरै निराश पनि थिएँ। म आफैंलाई यकिन भएको थिएन कि म रिजेक्ट भएको थिएँ।’

Laxmi sunrise bank
kumari

भारतीय कप्तानले थपे, ‘मैले सबै खेलमा स्कोर गरेको थिएँ। सबै राम्रो भएको थियो। सबै मानिस मेरो खेल हेरेर खुसी भएका थिए। मैले स्तरमा राम्रो प्रदर्शन गरेको थिएँ। यसपछि पनि म रिजेक्ट भएको थिएँ। मैले मेरो कोचसँग यसबारे २ घण्टा कुरा गरेको थिएँ। रिजेक्सनबारे मलाई अहिले पनि थाहा छैन तर जहाँ धैर्य र प्रतिबद्धता हुन्छ, त्यहाँ प्रेरण आफैं आउँछ र सफता मिल्छ।’

भारतीय कप्तानले कोरोना भाइरसको महामारीबारे यसको सकारात्मक पक्षको पनि चर्चा गरेका छन्।

भन्छन्, ‘यो संकटको समयको एक सकरात्मक पक्ष यो हो की हामी सबै समाजबारे धेरै उदार भएका छौं। पुलिस, डाक्टर वा नर्स कोरोनाविरुद्ध लडिरहेका छन्। हामी उनीहरुप्रति आभारी छौं। आशा छ, संकट सकिएपछि पनि यो भावना कायम रहने छ। जीवनको बारेमा खास केही भन्न त सकिन्न। 

 कुराले खुसी दिन्छ, त्यही गर्नुहोला। महामारीपछि जीवनमा धेरै परिवर्तन आउनेवाला छ। परिवर्तनका लागि तयार रहनु होला।’

प्रकाशित: Apr 22, 2020| 14:16 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।