मंगलबार, असार ३०, २०८३

महिला फुटबल अझै एक बिलियन डलरको फाइदामा छ : फिफा

महिला फुटबल अझै एक बिलियन डलरको फाइदामा रहेको फिफाले बताएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण शङ्कामा रहेको फुटबलको लगानी सुरक्षित रहेको फिफाले बताएको हो।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

महिला फुटबल अझै एक बिलियन डलरको फाइदामा रहेको फिफाले बताएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण शङ्कामा रहेको फुटबलको लगानी सुरक्षित रहेको फिफाले बताएको हो।

विश्वका सबैजसो मुलुकमा कोभिड १९का कारण लकडाउन चलेको छ। र, फुटबलका गतिविधि पनि भएका छैनन्।

तर, यस्तो अवस्थामा पनि सन् २०१९ बाट २०२१ सम्मको फुटबलमा लगानी रद्द नहुने फिफाले बताएको छ। फिफाका एक अधिकारीले भने, ‘यो कोषबारे फिफाले पहिल्यै सम्झौता गरेको थियो, जसकारण अहिलेको अवस्थाले रकममा प्रभाव पार्ने छैन।‘

बेलायती मिडिया द गार्जियनसँग कुरा गर्दै उनले भने, ‘यो कोष महिला फुटबलको क्षमता वृद्धि, प्रतिस्पर्धा, पूर्वाधार विकास कार्यक्रम लगायतका क्षेत्रमा लगानी गरिने छ। यसका साथै लिडरसिप, प्रोफेसनलाइजेसन र प्राविधिक कार्यक्रमका लागि रकम लगानी गरिने छ।‘

गत वर्षको फिफा विश्वकपबाट महिला फुटबल अझै माथि उठेको विश्वास गरिएको छ। त्यो विश्वकप १.२ बिलियन मानिसले हेरेको बताइएको छ।

 

प्रकाशित: Apr 22, 2020| 12:26 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।