शनिबार, फागुन ३०, २०८२

अमेरिकामा ग्रिनकार्ड र अस्थायी भिसा प्रक्रिया स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

National life

कोरोना भाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी बसोबासका लागि दिइने ग्रिनकार्ड प्रदान गर्ने कार्यमा ढिलाइ गर्नुपरेको राष्ट्रपति ट्रम्पले बताएका छन्।

राष्ट्रपति ट्रम्पले कतिपय विशेष परिस्थितिमा भने ग्रिनकार्डका बारेमा केही छुट दिइने पनि बताएका छन्। तर उनले कस्तो अवस्थामा छुट उपलब्ध गराइन्छ भन्नेबारे पछि निर्णय गरिने स्पष्ट गरे।

राष्ट्रपति ट्रम्पले घोषणा गरेको अस्थायी प्रतिबन्धमा “अस्थायी कामदार” का बारेमा केही उल्लेख छैन।

ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षरपछि बोल्दै राष्ट्रपति ट्रम्पले आप्रवासनमा गरिएको अहिलेको प्रतिबन्धले अमेरिकी नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता प्राप्त हुने विश्वास व्यक्त गरे। “अर्थतन्त्र खुल्नासाथ विदेशबाट आउने नयाँ आप्रवासी मजदुरले अहिले बेरोजगार बनेका अमेरिकीलाई विस्थापित गर्नु गलत र अन्याय हुन्छ।”

Laxmi sunrise bank
kumari

सन् २०१९ मा अमेरिकाले करिब १० लाख ग्रिनकार्ड जारी गरेको थियो। यीमध्ये आधाभन्दा बढी अमेरिकी नागरिकका पतिपत्नी, छोराछोरी र बाबुआमा थिए।

ग्रिनकार्डमा कडाइ गरिए पनि राष्ट्रपति ट्रम्पले बर्सेनि जारी हुने लाखौं गैरआप्रवासी विदेशी कामदारको भिसामा रोक लगाएका छैनन्। अमेरिकामा फार्म कामदार, स्वास्थ्यकर्मी र सफ्टवेयर प्रोग्रामर समेतका लाखौं व्यक्ति गैरआप्रवासन भिसामा प्रवेश गर्दछन् ।

माइग्रेसन पोलिसी इन्स्टिच्युटको अनुमान अनुसार दुई महिनाको प्रतिबन्धको अवधिमा झन्डै १ लाख १० हजार ग्रिनकार्ड उपलब्ध हुने छैन। राष्ट्रपति ट्रम्पले मुलुकको आर्थिक परिस्थितिलाई मूल्यांकन गरी थप निर्णय गरिने पनि बताएका छन्।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि वैध र अवैध दुवै किसिमको आप्रवासनमाथि कडाइ गर्नुपर्ने भन्दै धारणा अघि सार्दै आएका छन्।

प्रकाशित: Apr 22, 2020| 11:37 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।