शनिबार, असोज १७, २०८३

एनसेलको 'डाटा सधैं अन' अभियान

एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान ‘डाटा सधैं अन’ शुरु गरेको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान ‘डाटा सधैं अन’ शुरु गरेको छ।

यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरहरूबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने एनसेलले जनाएको छ।

कोभिड–१९ को महामारीका बीच पनि एनसेलले फोरजी ब्रोडब्यान्ड सेवालाई देशको ५५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको छ। साथै बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य गरिरहेको बताएको छ। 

प्रकाशित: Sep 10, 2021| 17:02 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्