बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलले ल्यायो पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्ने अफर

एनसेलले ल्यायो पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्ने अफर

एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने भएका छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु. ५ पछि तिर्न सक्छन् ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने भएका छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु. ५ पछि तिर्न सक्छन् ।

कोरोना भाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहकमाझ सेवा सुनिश्चित गर्दै एनसेल प्राइभेट लिमिटेडले वैशाख ५ (शुक्रबार) देखि आफ्ना प्रिपेड ग्राहकका लागि यो प्याक उपलब्ध गराउँदै आएको छ । यस योजनाअन्तर्गत ग्राहकले मात्र रु. ५ मा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएससहितको बण्डल सेवा सुचारु गर्न सक्छन् ।

शून्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स रु ५ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडिमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चित भएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधा उपलब्ध गराएको हो ।

एनसेलले लकडाउन शुरु भएपश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएसलगायत कुनै पनि सेवाप्रयोग नगरेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो । यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु ७ दिनको लागि मान्य रहनेछ । विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स रु ५ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजनाअन्तर्गतको प्याक सुचारु गर्न सक्छन् ।

प्रकाशित: Apr 21, 2020| 20:29 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्