काठमाडौं- सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत राख्ने लक्ष्य लिएको छ। शुक्रबार अर्थमन्त्री जनार्दशन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत राख्ने लक्ष्य रहेको सुनाएका हुन्।
यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने लक्ष्य राखिएको थियो।
यसअघि गत १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमा समावेश कतिपय विकास आयोजना समेत प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गरिएका छन्। बजेटको आकार समेत करिब १५ अर्बले घटाइएको छ।