काठमाडौं– उदयपुरका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुनसरीको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकले पुनः परीक्षण गरिएका उदयपुरका आठ जनाको थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए।
यस्तै, काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएका उदयपुरकै थप दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासु पाण्डेले जानकारी दिए।
यससँगै नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये पाँच जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
उदयपुरका एक जनामा कोरोना संक्रमण पुष्टि, सातको नतिजा आउन बाँकी
धनगढीका अर्का युवक पनि कोरोनामुक्त भएर फर्किए