बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्दै

आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनको खेल तालिका सार्वजनिक भएको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

मुम्बई– इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनको खेल तालिका सार्वजनिक भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १३ औं संस्करणको आईपीएलको खेल तालिका आइतबार सार्वजनिक गरेको हो।

जसअनुसार मार्च २९ मा हुने उद्घाटन खेलमा अघिल्लो संस्करणका फाइनलिस्ट मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्स प्रतिस्पर्धा गर्दैछन्। यस्तै, मे १७ मा हुने लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्नेछन्।

खेलको नकआउट चरणको तालिका भने सार्वजनिक गरिएको छैन।

प्रतियोगिताको फाइनल मे २४ मा हुनेछ।

यसअघि अघिल्लो संस्करणको आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जितेको थियो।

प्रकाशित: Feb 16, 2020| 14:22 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।