बुधबार, भदौ ३, २०८३

सिभिल बैंकको १०९ औं शाखा सुनवलमा

 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको सुनवल शाखाको उद्घाटन गरे ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित श्री जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरिएको थियो । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरियो ।

सिभिल बैंकको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं ५ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०९ पुगेकोे पनि बैंकले जनाएको छ ।

 

प्रकाशित: Feb 16, 2020| 16:59 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्