बिहीबार, भदौ ४, २०८३

सरकारको कोरोना कोषमा २ अर्ब ११ करोड रुपैयाँ संकलन

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ जम्मा भएको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं- सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ जम्मा भएको छ।

मंगलबार साँझसम्म कोषमा उक्त रकम जम्मा भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार मंगलबार मात्रै १ करोड ३५ लाख ३ हजार ४२० रुपैयाँ जम्मा भएको छ।

यसअघि २ अर्ब १० करोड ३० लाख ५४ हजार ८५४ रुपैयाँ जम्मा भएको थियो।

कोषमा मंगलबार एभरेष्ट बैंकले सबैभन्दा बढी ६० लाख रुपैयाँ जम्मा गरेको छ।

त्यस्तै राष्ट्रिय योजना आयोग, आयोगका उपाध्यक्ष तथा सदस्यहरुबाट ४ लाख ६६ हजार २३० रुपैयाँ जम्मा भएको छ।

त्यस्तै नेशनल कलेज अफ कम्प्युटरले ४ लाख ६२ हजार रुपैयाँ कोषमा प्रदान गरेको छ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीबाट ३ लाख ९२ हजार ९१३ रुपैयाँ जम्मा भएको छ।

कोषमा भेरी प्राविधिक शिक्षालयले २ लाख ९४ हजार ८५५ रुपैयाँ सहयोग गरेको छ।

यसअघि कोषमा सबैभन्दा बढी नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ।

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, एनसेल प्रालिले १० करोड सहयोग गरेका छन् भने कर्मचारी सञ्चय कोष र राष्ट्रिय विमा समितिले ५–५ करोड रुपैयाँ सहयोग गरेका छन्।

हिमानी कोषले सरकारी कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ।

प्रकाशित: Apr 21, 2020| 17:50 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्