शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ९५ प्रतिशत नतिजा गलत आएपछि राजस्थानले लगायो र्‍यापिड टेस्टमा रोक

९५ प्रतिशत नतिजा गलत आएपछि राजस्थानले लगायो र्‍यापिड टेस्टमा रोक

राजस्थान सरकारले कोरोना भाइरस रोग (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेस्ट (द्रूत परीक्षण)मा रोक लगाएको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

राजस्थान सरकारले कोरोना भाइरस रोग (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेस्ट (द्रूत परीक्षण)मा रोक लगाएको छ। राज्यमा र्‍यापिड टेस्टको लगभग ९५ प्रतिशत नतिजा गलत आएपछि राजस्थानले यसको टेस्टमा रोक लगाएको हो।

National life

सरकारले र्‍यापिड टेस्टबारे नयाँ रणनीति बनाउने र त्यसपछि मात्रै यसको प्रयोग गर्ने वा नगर्नेबारे निर्णय गरिने बताइएको छ।

राजस्थानमा र्‍यापिड टेस्टका लागि लगभग १० हजार किट मगाइएको छ।

राजस्थानका स्वास्थ्यमन्त्री रघु शर्माले र्‍यापिड टेस्टका पाँच प्रतिशत नतिजा मात्रै सही देखिएको बताएका छन्। यो किट इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (भारतीय स्वास्थ्य अनुसन्धान परिषद्)ले उपलब्ध गराएको थियो।

यसबारे काउन्सिललाई जानकारी गराइएको स्वास्थ्यमन्त्री शर्माले बताएका छन्।

Laxmi sunrise bank
kumari

राजस्थानमा कोरोना संक्रमितको संख्या बढिरहेकाे छ। मंगलबार बिहानसम्म त्यहाँ एक हजार ६ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यहाँ सबैभन्दा बढी जयपुरमा कोरोना संक्रमित बढी छन्।

इन्डिया टिभी

प्रकाशित: Apr 21, 2020| 17:42 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।