मंगलबार, जेठ ५, २०८३

लकडाउनमा बालबालिकालाई घरमै पढाउने सामग्री तयार (पाठ्यक्रमसहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा विभागले लकडाउनको अबधिमा बालबालिकालाई घरमै पढाउने गरी शैक्षिक सामग्रीहरु तयार गरेको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा विभागले लकडाउनको अबधिमा बालबालिकालाई घरमै पढाउने गरी शैक्षिक सामग्रीहरु तयार गरेको छ।

National life

लामो समय लकडाउन हुँदा विद्यार्थीहरु पढाईबाट बञ्चित हुने भएपछि अभिभावकले नै विद्यार्थीलाई सहजीकरण गरेर घरमै पढाउने व्यवस्थाका लागि विभागले पाठ्यक्रम तयार गरेको हो।

पूर्व प्राथमिक कक्षा, कक्षा एक र कक्षा २ को पाठ्यक्रम तयार गरी आफ्नो वेबसाईटमा राखेको छ।

अभिभावकले वेबसाइटमा पीडीएफ फर्म्याटमा राखिएको पाठ्यक्रम डाउनलोड गरेर वा नगरी आफ्ना बालबालिकालाई पढाउन सक्नेछन्।

कतिपय निजी विद्यालयहरुले अनलाइनमार्फत् क्लासहरु सञ्चालन गरिसकेका छन्।

सरकारी विद्यालयहरुले भने अनलाइनमार्फत् क्लास सञ्चालनबारे कुनै तयारी भने गरिसकेका छैनन्।

विभिन्न विद्यालयले आफ्नै सक्रियतामा भिडियो सामग्री तयार गरेर विद्यार्थीलाई पठाउने काम पनि सुरु गरेका छन्।

यस्ता छन् यस्ता छन् विभागले तयार गरेका पाठ्यक्रम

पूर्व प्राथमिक कक्षा

कक्षा १ को पाठ्यक्रम

कक्षा २ को पाठ्यक्रम

प्रकाशित: Apr 21, 2020| 16:58 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्