शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • १ सय ५० किलोमिटर पैदलयात्रा गरेकी बालिकाले घर पुग्नै लाग्दा गुमाइन् ज्यान

१ सय ५० किलोमिटर पैदलयात्रा गरेकी बालिकाले घर पुग्नै लाग्दा गुमाइन् ज्यान

लकडाउनका कारण पैदलै घर हिँडेकी १२ वर्षीय बालिकाको मृत्यु भएको छ। घटना भारतको विजापुरको हो।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

भारत - लकडाउनका कारण पैदलै घर हिँडेकी १२ वर्षीय बालिकाको मृत्यु भएको छ। घटना भारतको विजापुरको हो। भारतीय समाचार संस्था पीटीआईकाअनुसार लकडाउन पछि उनी आफ्ना परिवारसहित तेलंगानाबाट छत्तिसगढस्थित बीजापूर गइरहेकी थिइन्। तर, घर आइपुग्न करिब ५० किलोमिटर बाँकी रहँदा उनले ज्यान गुमाइन्।

National life

तेलंगानाको कन्नइगुडामा उनको परिवार खुर्सानीको खेतमा काम गर्थ्यो। मोदी सरकारले लकडाउन मे ३ सम्म लम्ब्याएपछि उनीसहित उनको परिवार पैदलै घरतर्फ लागेको थियो। तर, बालिकाले १ सय ५० किलोमिटर यात्रा पैदलै तय गरेपछि उनको गत शनिबार मृत्यु हुनपुग्यो।

मृत्युपश्चात उनमा कोरोनाको परीक्षण गरेपनि रिपोर्ट नेगेटिभ आएको थियो। चिकित्सकले बालिकाको मृत्यु पानीको कमी (डिहाइड्रेशन) ले भएको बताएका छन्। यसअघि भारतको आगरामा पनि एक पैदलयात्रीको हृदयघातका कारण मृत्यु भएको थियो।

 

प्रकाशित: Apr 21, 2020| 16:14 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।