काठमाडौं- सरकारले कोरोनाका कारण रोजगारी गुमाएका गरिब परिवारलाई १० हजार रुपैयाँका दरले वितरण गर्ने घोषणा गरेको छ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत उक्त घोषणा गरेका हुन्। उनले कोरोना महामारीका कारण रोजगारी गुमाएका ५ लाख गरिब घरपरिवारलाई १० हजार रुपैयाँका दरले वितरण गरिने बताए।
यसअघि गत १५ जेठमा तत्कालीन केपीशर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्दै शुक्रबार प्रतिनिधि सभामा बजेट प्रतिस्थापना विधेयक प्रस्तुथ गरिएको हो।