शनिबार, फागुन ३०, २०८२

श्रीलंकामा जुन २० मा संसदीय निर्वाचन

श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन्।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

कोलम्बो– कोरोना भाइरस महामारीका कारण स्थगित श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन्।

National life

निर्वाचन आयोगमा सोमबार आयोजित निर्वाचन आयोगका पदाधिकारी र जिम्मेवार पार्टीका प्रतिनिधिहरु सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा वरिष्ठ स्वास्थ्य अधिकारीहरु, सुरक्षा निकायहरु, हुलाक सेवाका जिम्मेवार पदाधिकारीहरु, जिल्ला सचिवहरु तथा सरोकार भएकाहरुको पनि सहभागिता थियो।

यसअघि संसदीय निर्वाचनका लागि अप्रिल २५ तारिखको दिन तोकिएको थियो। तर कोरोना भाइरस महामारीका कारण सरकारले देशव्यापी लकडाउन गरेपछि निर्वाचन कार्यक्रम प्रभावित भएको थियो।

श्रीलंकामा गत मार्च ११ मा पहिलो घटना देखिएयता कोरोना भाइरसबाट २९५ जना संक्रमित भएका छन्। सात जनाको मृत्यु भएको छ। 

प्रकाशित: Apr 21, 2020| 13:29 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।