शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीले पेस गरे १६ खर्ब ३२ अर्बको बजेट [पूर्ण पाठसहित]

अर्थमन्त्रीले पेस गरे १६ खर्ब ३२ अर्बको बजेट [पूर्ण पाठसहित]

अध्यादेश बजेट २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त रकम बराबरको प्रतिस्थापन विधेयक संसदमा पेस गरेका हुन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन्। 

अध्यादेश बजेट २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त रकम बराबरको प्रतिस्थापन विधेयक संसदमा पेस गरेका हुन्। 

प्रतिस्थापन विधेयकमा आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माको भनाइ छ। 

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए। संघीय सरकारमार्फत चालुतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड रुपैयाँ र पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै वित्रीय व्यवस्थातर्फ १ खर्ब ८९   अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री शर्माले सुनाए।


प्रकाशित: Sep 10, 2021| 16:26 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्