बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकले अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसायीलाई क्युआर कोड दिने

एनआईसी एशिया बैंकले अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसायीलाई क्युआर कोड दिने

 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकको घरमै पुर्याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्युआर कोड प्रदान गर्ने भएको छ ।

धेरै समयको लकडाउनको कारण एन आई सी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको छ ।

ग्राहकले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्युआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ ।

प्रकाशित: Apr 20, 2020| 16:57 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्