काठमाडौं - सरकारले लकडाउनका कारण प्रभावित उद्योग व्यवसाय क्षेत्रमा देखापरेका समस्याका सम्बन्धमा अध्ययनका लागि समिति गठन गरेको छ।
समितिलाई लकडाउनका कारण कति उद्योग व्यवसाय प्रभावित भए र वैदेशिक रोगजारबाट फर्किने नेपालीलाई व्यवस्थापनका लागि के कस्तो तयारी गनुपर्छ भन्ने विषयमा अध्ययन गर्न जिम्मेवारी तोकिएको छ।
यस्तै समितिले बन्द उद्योगीलाई राहत दिन, संकटमा परेका उद्योगको व्यवस्थापन गर्ने विषयमा सुझाव पेस गर्नुपर्नेछ। अध्ययन गरी प्रतिवेदन पेस गर्न समितिलाई १५ दिन समय दिइएको छ। प्रतिवेदन कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा पेस गरिनेछ।
उद्योग मन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकतवमा गठित समितिमा अर्थ, कृषि, श्रम मन्त्रालका साथै निजी क्षेत्रका प्रतिनिधिसमेत छन्।