आइतबार, चैत ८, २०८२

१०४ दिनपछि वुहानको फुटबल टोली घर फर्कियो

चिनियाँ सुपर लिग टोली वुहान जल साढे तीन महिनापछि घर फर्किएको छ। विश्वव्यापी कोरोना भाइरस संक्रमणका कारण विदेशमा रोकिएको टोली घर फर्किएको हो।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

चिनियाँ सुपर लिग टोली वुहान जल साढे तीन महिनापछि घर फर्किएको छ। विश्वव्यापी कोरोना भाइरस संक्रमणका कारण विदेशमा रोकिएको टोली घर फर्किएको हो।

National life

उसको घर फिर्ता स्थानीय र फुटबलरका लागि भावुक बनेको बताइएको छ। जनवरीमा वुहानमा भाइरसको उच्च जोखिम रहँदा फुटबल टोली प्रशिक्षणका क्रममा स्पेनमा थियो। तर कोरोनाको प्रभाव जर्मनीमा पनि फैलिन थालेपछि उनीहरु १६ मार्चमा सेजान फर्किएका थिए।

त्यहाँ उनीहरु ३ हप्ता क्वारेन्टिनमा बसे। त्यसपछि शनिबार राति वुहान आइपुग्दा क्लबका समर्थकले खेलाडी र प्रशिक्षकलाई भव्य स्वागत गरेका थिए।

उनीहरुलाई स्वागत गर्न क्लबका समर्थक सुन्तले जर्सीमा आएका थिए। साथै १०४ दिनमा घर फिर्ता भएको टोलीलाई फूलले स्वागत गरिएको थियो।

सुपर लिगको तयारी गर्नको लागि क्लबले जनवरीको सुरुमा शहर छोडेर युरोप प्रस्थान गरेको थियो। यता, २२ फेब्रुअरीबाट सुरु हुने तय भएको लिग कोरोनाकै कारण स्थगित गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 20, 2020| 09:06 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।