मंगलबार, साउन १२, २०८३

क्यानडामा अन्धाधुन्ध गोली हानेर १३ जनाको हत्या

क्यानडाको एक ग्रामिण क्षेत्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली हानेर १३ जनाको हत्या गरेका छन् ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

क्यानडाको एक ग्रामिण क्षेत्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली हानेर १३ जनाको हत्या गरेका छन् ।

क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा प्रहरीको पोशाक लगाएका एकजना बन्दुकधारीले गोली हानेर १३ जनाको हत्या गरेको बीबीसीले उल्लेख गरेको छ ।

आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको र प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेको प्रहरीले जनाएको छ ।

नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले स्थानीयलाई घरबाट बाहिर ननिस्किन भनिएको थियो । प्रहरीबाट भाग्दै, लुक्दै बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १३ जनाको हत्या गरेको बीबीसीले जनाएको छ ।

ती आक्रमणकारीलाई प्रहरीले १२ घण्टाको प्रयासपछि मारेको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भइराखेको त्यहाका अधिकारीलाई उधृत गर्दै बीबीसीले लेखेको छ ।

प्रधानमन्त्री जस्टिज ट्रुडोले घटनालाई ‘निकै दुःखद’ को संज्ञा दिएका छन् । नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले भने प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक हो भनेका छन् ।

प्रकाशित: Apr 20, 2020| 07:07 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।