आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • तुर्कमेनिस्तानमा ठूलो भीडसँगै सुरु भयो फुटबल, दर्शक भन्छन्– संक्रमण छैन

तुर्कमेनिस्तानमा ठूलो भीडसँगै सुरु भयो फुटबल, दर्शक भन्छन्– संक्रमण छैन

कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण विश्वभरका खेल रोकिएका छन्। तर तुर्कमेनिस्तानमा भने फुटबल सिजन सुरु भएको छ। दर्शकको ठूलो भीडमा नै आइतबार फुटबल सिजन सुरु गरिएको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण विश्वभरका खेल रोकिएका छन्। तर तुर्कमेनिस्तानमा भने फुटबल सिजन सुरु भएको छ। दर्शकको ठूलो भीडमा नै आइतबार फुटबल सिजन सुरु गरिएको छ।

National life

तुर्कमेनिस्तान विश्वको यस्तो देश हो, जहाँ हालसम्म पनि कोरानाको संक्रमण देखिएको छैन।

मध्य एसियाको यो देशले मार्चमा तय भएका प्रतियोगिताका ८ खेल रोकिदिएको थियो। त्यतिबेलासम्म तीन खेल मात्र भएका थिए। राष्ट्रिय फुटबल महासंघले कोरोना भाइरसको संक्रमण रोक्नका लागि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको आग्रह स्वीकार्दै खेल रोकेको बताएको थियो।

रोकिएको एक महिनापछि राष्ट्रमा फुटबल फर्किएको छ। र, दर्शक स्टेडियममा पुग्नका लागि उत्साहित भएका छन्। अहिले अन्तर्राष्ट्रिय समुदाय दुखद अवस्थामा रहे तापनि तुर्कमेनिस्तान यो महामारीको गम्भिरताबाट पछि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

खेलअघि ३४ वर्षका एक व्यवसायी आसिर युसुपोवले ठ्ट्टाको शैलीमा खुसी भएका कारण रोग प्रतिरोधी क्षमता बढ्ने बताएका थिए। उनले आइतबारको प्रतियोगिता हेर्न आफू आतुर रहेको पनि बताएका थिए।

Laxmi sunrise bank
kumari

युसुपोवले अन्य देशमा कोरानाको संक्रमण भएकाले खेल नभएो तर आफ्नो देशमा कोरोनाको संक्रमण नदेखिएकाले लिग गर्नु नराम्रो नभएको बताएका छन्।

खेलअघि एक २० वर्षिय युवकले कुनै टोलीलाई समर्थन नगरे पनि खेल हेर्न जाने बताएका थिए।

प्रकाशित: Apr 19, 2020| 18:44 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।