बुधबार, चैत ११, २०८२

काठमाडौं प्रज्ञाकुञ्ज स्कुलले अनलाइनबाट शैक्षिक गतिविधि गर्ने

लकडाउनका कारण नियमित विद्यालय सञ्चालन गर्न नसकेपछि काठमाडौं प्रज्ञाकुञ्ज स्कुलले शैक्षिक गतिविधिहरु अनलाइनबाट सञ्चालन गर्ने भएको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

काठमाडौं- लकडाउनका कारण नियमित विद्यालय सञ्चालन गर्न नसकेपछि काठमाडौं प्रज्ञाकुञ्ज स्कुलले शैक्षिक गतिविधिहरु अनलाइनबाट सञ्चालन गर्ने भएको छ।

National life

विद्यालयहरु नियमित गतिविधिहरु निर्बाध रुपमा सञ्चालन हुन नसकेसम्म विद्यालयले ‘अनलाइन टिचिङ लर्निङ मोडल’ मार्फत् आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्ने भएको हो।

अनलाइनमा शैक्षिक गतिविध गर्न विद्यालयले मेसेन्जर, भाइबर, गुगल क्लासरुम, स्कुल एप, जुम लगायतका प्रविधि प्रयोग गर्ने प्रधानाध्यापक सुनीता पौडेलले बताएकी छन्।

विद्यालयले विभिन्न चरणमा विद्यार्थी तथा अभिभावकसँग छलफल र सिकाईका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

विद्यालयले वैशाख १० गतेदेखि प्रत्येक दिन सबै कक्षाका दुईवटा विशेष विषयका लागि अनलाइन कक्षा सञ्चालन गर्नेछ।

Laxmi sunrise bank
kumari

विद्यार्थी तथा अभिभावकका कुनै जिज्ञासा भए वा समस्या भएमा पनि कक्षागत रुपमा प्रयोग भएको भाइबर वा मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने प्रधानाध्यापक पौडेलले बताईन्।

लकडाउनका कारण लामो समयसम्म विद्यालयहरु बन्द हुने अवस्था आएपछि अधिकांश विद्यालयहरु अनलाइनमार्फत् शैक्षिक कार्यक्रम गर्ने तयारीमा छन्।

विभिन्न क्याम्पस तथा विश्वविद्यालयलेसमेत आफ्ना गतिविधिहरु अनलाइनमा केन्द्रित गरेका छन्।

प्रकाशित: Apr 19, 2020| 17:55 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्