शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियामा कोरोना चुनौती : निको भएका १६३ को पुनः परीक्षण रिपाेर्ट पोजेटिभ

दक्षिण कोरियामा कोरोना चुनौती : निको भएका १६३ को पुनः परीक्षण रिपाेर्ट पोजेटिभ

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणपछि निको भएका १ सय ६३ जना बिरामीमा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणपछि निको भएका १ सय ६३ जना बिरामीमा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।

National life

निको भइसक्दा पनि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरु आश्चर्यमा परेका छन्। स्वास्थ्य अधिकारीहरु यसको रहस्य पत्ता लगाउन जुटेको त्यहाँको रोकथाम तथा उपचार केन्द्रले जनाएको छ।

यही घटना केही दिनअघि चीनमा देखिएको थियो। यस्तो नतिजापछि के कोरोना भाइरसबाट निको भएपछि फेरि संक्रमित भइन्छ? भन्ने प्रश्न उब्जिएको छ।

दक्षिण कोरियामा कोरोना संक्रमणपछि ७ हजार ८ सय २९ जना उपचार गरेर निको भएका थिए। उनीहरुमध्ये २.१ प्रतिशतमा पुनः परीक्षण गर्दा पोजेटिभ केन्द्रले जनाएको छ।

त्यसो त यो समस्या अन्य देशका लागि पनि खतरनाक हुन सक्ने देखिन्छ।

Laxmi sunrise bank
kumari

रोकथाम तथा उपचार केन्द्रका उपनिर्देशक क्वान जुन–उकका अनुसार यसरी पुनः परीक्षणमा पोजेटिभ देखिएकामध्ये झण्डै ४४ प्रतिशतमा कोरोनाका सामान्य लक्षण देखिएका छन्। उनी भन्छन्, ‘अहिले पनि विश्वका अधिकांश वैज्ञानिक कोरोना भाइरसको रहस्यबारेकै खोजीमा छन्।’

विज्ञहरुका अनुसार कोरोना भाइरसका केही अवशेष शरीरमा बाँकी रहिरहेको हुन सक्ने भएकाले पुनः परीक्षण गर्दा रिपाेर्ट पोजेटिभ देखिएको हुन सक्छ।

दक्षिण कोरियाको रोकथाम तथा उपचार केन्द्रले उपचारपछि निको भएकाहरुको पुनः परीक्षणमा एकै परिवारका तीन जनासम्मको नतिजा पोजेटिभ देखिएको जनाएको छ।

अहिलेसम्मको अनुसन्धानमा वैज्ञानिकहरुले यसरी पुनः परीक्षणमा पनि कोरोना देखिएका व्यक्तिमा रहेको भाइरसको अवशेषले संक्रमण फैलाउन सक्ने अवस्था भने पाएका छैनन्।

उपचारपछि निको भएका व्यक्तिमा पाइएको भाइरस फैलिन सक्ने शक्तिको नपाइएको वैज्ञानिकहरुले जनाएका छन्। दक्षिण कोरियाले अधिकांश देशहरुले जस्तै पीसीआर प्रविधिबाट भाइरसको संक्रमण जाँच गरिरहेको छ।

प्रकाशित: Apr 18, 2020| 16:36 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।