मंगलबार, साउन १२, २०८३

अमेरिकी राष्ट्रपतिद्वारा किसानका लागि राहत घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन्।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन्।

कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणका कारण मर्कामा परेका किसानहरूलाई सहयोग पु¥याउन उनले राहतको घोषणा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले १९ अर्ब अमेरिकी डलर बराबरको राहत शुक्रबार घोषणा गरेको समाचारमा जनाइएको छ।

कुल १९ अर्ब अमेरिकी डलरमध्ये १६ अर्ब अहिले नै किसानलाई वितरण गरिने र बाँकी तीन अर्ब खाद्यान्न वितरणका लागि बचत गरिने उनले बताए।

“आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागु गर्नेछ,” ट्रम्पले भने।

राहतबाट किसानलाई संकट मुक्त हुन सानो भए पनि सहयोग पुग्ने उनको विश्वास छ।

शुक्रबार ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले किसानलाई सिधै राहत दिने र खाद्य पदार्थ संचय गर्नका लागि राहत दिने व्यवस्था गर्न लागिएको जानकारी र्दिए। उनले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित ८ करोड अमेरिकीले राहत रकम पाएको बताए।

रासस/एएनआई

प्रकाशित: Apr 18, 2020| 15:39 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।