शनिबार, फागुन ३०, २०८२

अमेरिकी किसानलाई १९ अर्ब डलरको राहत

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन्।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

वासिङ्टन- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन्।

National life

कोरोना भाइरसको संक्रमणका कारण मर्कामा परेका किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले उनले राहत घोषणा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले १९ अर्ब अमेरिकी डलर बराबरको राहत शुक्रबार घोषणा गरेका समाचारमा जनाइएको छ। कुल १९ अर्ब अमेरिकी डलरमध्ये १६ अब अहिले नै किसानलाई वितरण गरिने र बाँकी तीन अर्ब खाद्यान्न वितरणका लागि बचत गरिने उनले बताए।

“हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागू गर्नेछ,” ट्रम्पले भने। उनले राहतबाट किसानलाई संकटबाट मुक्त हुन सानो भए पनि सहयोग पुग्ने अपेक्षा गरेका छन्।

प्रकाशित: Apr 18, 2020| 14:00 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।