भारतमा कोरोना भाइरस रोग (कोभिड–१९)बाट पछिल्लो २४ घन्टामा २३ जनाको ज्यान गएको र एक हजार सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लब अग्रवालले भारतमा १३ हजार तीन सय ८७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको र एक हजार सात सय ४९ जना उपचारपछि निको भएको जानकारी दिए।
उनका अनुसार अहिले ६.२ दिनमा कोरोना संक्रमितको संख्या दोब्बर पुग्ने गरेको छ। यसअघि तीन दिनमा कोरोना संक्रमितको संख्या दोब्बर हुने गरेको थियो।
“अरु देशको तुलनामा भारतको स्थिति राम्रो छ। हामी ग्लोबल पार्टनर्ससँग मिलेर काम गरिरहेका छौं । ताकि कोरोना भाइरसको भ्याक्सिन बनाउन सकियोस्।”
उनले राज्यमा पाँच लाख र्यापिड डाइग्नोस्टिक टेस्ट किट बाँड्न लागिएको जानकारी दिए।
बीबीसी