बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार्टर्ड विमानमा सुदूरपश्चिम पुग्याे चिकित्सक टाेली

चार्टर्ड विमानमा सुदूरपश्चिम पुग्याे चिकित्सक टाेली

कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि ३४ जना चिकित्सकको टोली सुदूरपश्चिमम पुगेको छ
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि ३४ जना चिकित्सकको टोली सुदूरपश्चिममा खटिएकाे छ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि चिकित्सकलाई सुदूरपश्चिममा पठाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। टाेली शुक्रबार चार्टर्ड विमानमा धनगढी पुगेकाे छ। 

उनीहरुलाई शनिबार अछाम, दार्चुला, बैलडी लगायत जिल्लामा खटाइने प्रवक्ता देवकोटाले जानकारी दिए।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले देशभर २४ हजार २ सय ५३ जनाको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट परीक्षण गरिएको जानकारी दिए।

सात हजार ६ सय ८८ पीसीआर र १६ हजार ५ सय ६५ जनाको आरडीटी परीक्षण गरिएको छ।
परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र संक्रमण देखिएको छ।
अहिलेसम्म नेपालमा आइसोलेसनमा ९० रहेका छन्। त्यस्तै मोबाइल एपमा स्व­परीक्षण गरिएकामध्ये २ सय ५१ जना ‘रेड जोन’ मा छन्।

प्रकाशित: Apr 17, 2020| 16:48 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।