बिहीबार, भदौ ४, २०८३

अझै केही दिन पानी पर्ने, यस्तो हुनेछ तीन दिनको मौसम

अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं - मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगालको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएकाले अझै दुई÷तीन दिन उपत्यकासहित देशको धैरै जसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार आर्यालले बताए।

उनका अनुसार दुई/तीन दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने देखिन्छ।
उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भइरहेको छ।

बिहान आकाशमा डम्म बादल लाग्ने, बेलाबेलामा घाम लाग्ने र दिउँसोतिर मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षा हुने गरेको छ।

अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले) को समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रिमनसुनमा विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्ने जस्ता संकेत देखिन्छ। मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुनी समय मानिन्छ। 

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एकदुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही तराईका भूभागमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना छ। -रासस

 

प्रकाशित: Apr 17, 2020| 16:36 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।