बिहीबार, भदौ ४, २०८३

२२८ बेलायती बोकेर उड्यो टिटानकाे विमान

बेलायतको टिटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ। 
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं - बेलायतको टिटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ। 

टिटानले पाँच बालबालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडानमार्फत बेलायतले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ। यसअघि गत चैत २६ र चैत २८ गते पनि टिटान एयरवेजले वेलायती नागरिक लगेको थियो। उसको यो तेस्रो चार्टर्ड उडान हो।
यसैबीच एयर अरेबियाको कार्गो जहाज पनि आजै साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ। यो कार्गो उडानमा के कस्ता सामग्री ल्याइएको भन्ने एकिन विवरण आएको छैन। जहाज काठमाडौं आएर यताबाट रित्तै फर्कनेछ।

प्रकाशित: Apr 17, 2020| 16:21 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।